बालेन र सुधनविरुद्ध अर्को पनि जाहेरी दर्ता
२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध अर्को जाहेरी दर्ता भएको छ ।
अधिवक्ता युवराज सफलले उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा राजद्रोह सम्बन्धी जाहेरी दिएका हुन् । जेनजी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित भएर जाहेरी परेको छ । यस्तै मंगलबार एमालेनिकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जाहेरी दिएको थियो।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १३:४२












