फौजदारी कसुरमा कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैनः जाँचबुझ आयोग
२१ असाेज, काठमाडाैं । जेनजी प्रदर्शनमा भएको दमन र आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ । मंगलबार सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन कुर्न नपर्ने उल्लेख गरिएकाे छ ।
‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १७:१५












