४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

ओली र लेखकलाई पक्राउको माग गर्दै प्रहरी परिसर पुगे जेनजी

२१ असाेज, काठमाडाैं । सुदन गुरुङ लगायतको जेनजी समूह पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउको माग गर्दै जेनजी प्रहरी परिसर पुगेका हुन्।

मंगलबार दिउँसो यसअघि गुरुङलगायत जेनजीले माइतीघरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेत्री डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने मागसहित विरोध जनाएका थिए।

प्रकाशित मिति : 16:56