१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली र रमेश लेखक’ अभियान

२० असोज, काठमाडौं । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली र रमेश लेखक’ अभियान चलेको छ । जेनजी प्रदर्शन गरेर विद्रोहमा रूपान्तरण गर्न भूमिका खेलको अारोप लागेको हामी नेपालका सुदन गुरूङसहित जेनजी अगुवाहरूले अभियानको नाममा पोस्टर सार्वजनिक गर्नुभएको छ ।

अभियन्ताहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान सञ्चालन गरेका हुन । गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको २१ युवाको टाउको र छातीमा गोली हानेर मारिएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।

dainiki.com

अमेरिक युथ कान्सिलको सदस्य समेत रहनुभएको जेनजी अगुवा रक्षा बमले लेख्नुभएको छ ‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ । मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

प्रकाशित मिति : October 6, 2025 at 5:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/