पाँचथरको कार्तिके नजिकै यात्रुवाहक सवारी दुर्घटना, प्रहरी घटनास्थलमा पुग्दै
१८ असोज, काठमाडौँ । पाँचथरको कार्तिके नजिकै यात्रुवाहक जीप दुर्घटना भएको छ । प्रत्यक्षदर्शी सागर ढकालको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी घटनास्थलमा पुग्दै छन ।
दुर्घटनास्थल पाँचथरको कुम्मायक गाउँपालिका–३, रानीगाउँ हो । प्रत्यक्षदर्शी ढकालले यात्रुवाहक सवारी भीरबाट खसेको र उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेको समाजिक अभिन्ता प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।

प्रत्यक्षदर्शी ढकालका अनुसार दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । चाडबाडको समय भएकोले सवारीसाधनमा खचाखच यात्रु बोकेर हिड्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।
प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार १२:२८












