१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

सुनको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो तोलाको ?

१२ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढे। छापावाल सुन प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी तोलामा ७० रुपैयाँले बढेर प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १२:१०