१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

सल्यानमा फोर्स गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते

१२ असोज, काठमाडौँ । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन ।

 रुकुमपश्चिमबाट दाङका लागि छुटेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

dainiki.com

आइतबार बिहान करिब ४ बजेतिर राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा गाडी भीरबाट खसेको हो । मृत्यु हुनेमा एक जना महिला र दुई पुरुष छन्।

मृतकमध्ये एक जना बाँफीकोट गाउँपालिका(५ का प्रकाश केसीको पहिचान खुलेको छ भने बाँकीको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि नेपालगन्ज लगिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार ०९:०४