२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बम विष्फोटको विरोधमा लाहान बजार बन्द, जनतान्त्रिक मुक्ती मोर्चाले लियो जिम्मा


१० चैत, लहान । लाहानमा बम बिस्फोटको विरोध गर्दै आज लाहान बजार बन्द गरीयो । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार बम विष्फोट भएपछि दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिए ।

पटक पटक उद्योगी तथा व्यापारीकेन्द्रमा विष्फोट र आक्रमण बढेपछि सरकारी निकायलाई सचेत गराउन बन्दको आह्वान गरिएको अध्यक्ष महतोको भनाइ छ ।

चार पाँचवटा आक्रमण भए तर सुरक्षा निकायले यसलाई गम्भीररुपमा नलिएकाले बाध्य भएर बजार पसल बन्द गरेर विरोध जनाएको अध्यक्ष महतोले बताए ।

विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग लिन गएका आफ्ना कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गर्ने षडयन्त्र गरेकाले चेतावनीस्वरुप प्रेसर कुकर बम विष्फोट गराएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १९:२९

https://srdb.com.np/