१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

सवारी लाइसेन्स र दर्ता सम्वन्धी सम्पूर्ण कार्य बन्द

१० असाेज, काठमाडाैं । सवारी चालक अनुमतिपत्र लाइसेन्स र सवारी दर्ता सम्वन्धी सम्पूर्ण कार्यहरु बन्द भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकाले हाललाई सवारी लाइसेनस र दर्ता सम्वन्धी कार्य बन्द भएको जनाएको छ ।

सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गर्ने सूचना जारी गरेको हो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १६:१२