सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
१० असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार चाँदी दुई हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ११:३८












