१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

८ असोज, काठमाडौं । स्थानिय बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख २१ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ११:०५