२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एमाले–माओवादी पार्टीबिच चैतभित्रै एकता हुने, माओवादीले गर्यो यस्तो निर्णय


१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकतालाई छिट्टै टुङ्गोमा पु¥याउन आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेकोे छ ।

नेकपा माओवादी केन्द्रको शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले चैत महिनाभित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।

बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णयसमेत गरेको छ ।

एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको वैशाख १० गतेका दिन पार्टी एकता घोषणा गर्ने बताउँदै आएका थिए । तर सो समयसीमा भन्दा अगावै पार्टी एकता गर्ने गरी तयारी गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १८:५६

https://srdb.com.np/