३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

तुइनखोलामा फेरि खस्यो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

७ असोज, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ । मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : September 23, 2025 at 5:58 pm