१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

दशैंको लागि भिभोले दराजसँग सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू

१ असाेज, काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ, जुन आश्विन २ देखि १८ सम्म सञ्चालन हुनेछ ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भिभोको नवीनतम स्मार्टफोनहरूको भरपूर लाभ लिन सक्नेछन्। यस क्याम्पेन अन्तर्गत, ग्राहकहरूले भिभो स्मार्टफोनहरूमा रु. ७,००० सम्मको विशेष डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । साथै, भिभोले भर्खरै मात्र बजारमा लञ्च भएको आफ्नो दुई नयाँ मोडलहरू भिभो भी ६० र वाई २१ डि दराजमा आधिकारिक रूपमा उपलब्ध गराएको छ ।

यी दुबै स्मार्टफोनहरूले प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन उपलब्ध गराउँछन् ।यस अवसरमा, भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भनेः “दशैं क्याम्पेनका लागि दराजसँगको हाम्रो सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पु¥याउनेछ । आकर्षक अफरहरू, रोमाञ्चक पुरस्कारहरू, साथै हाम्रो फ्ल्यागशिप भिभो भी६० र युवालाई लक्षित भिभो वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैंलाई अझै स्मरणीय बनाउन चाहेका छौँ ।”

यस सहकार्यमार्फत, भिभोले नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै, आकर्षक अफर र सहज सेवासहित ग्राहकहरूको पहुँचलाई अझ सजिलो बनाउने लक्ष्य लिएको छ । यस विजय दशमीमा, ग्राहकहरूले आफ्नो स्मार्टफोन अपग्रेड गर्दै भिभोको अत्याधुनिक प्रविधिसँग दशैंको खुसीयाली मनाउन सक्नेछन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १८:०५