१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने अवधि थप

१ असाेज, काठमाडाैं । सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरेको छ । कोषले एक सूचना जारी गर्दै साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि असोज ५ गतेसम्म लम्ब्याइएको जनाएको हो ।

जेनजीहरुको प्रदर्शनबाट देशमा असहज परिस्थिति सिर्जना भएका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान रकम असोज ५ गतेसम्म लम्ब्याइएको कोषले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १७:५२