१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

बिल बिनाका सामान किनबेच नगर्न प्रहरीको अनुरोध

१ असोज, काठमाडौं । बिल बिनाका सामानहरु किनबेच नगर्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बिना बिल बिजकका सामानहरु किनबेच नगर्न अनुरोध गरेको हो ।

प्रदर्शनपछि बैंक तथा वित्तीय संस्था र व्यक्तिका घर र व्यापारिक प्रतिष्ठानहरुबाट लुटपाट भएकाले यस्ता सामान बिक्रीका लागि ल्याउन सक्ने आशंका गर्दै प्रहरीले बिल भर्पाही हेरेर मात्रै सुनचाँदी र गरगहना खरिद गर्न भनेको छ ।। बिल बिजक बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभएकाे छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १४:१९