२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३० भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५७५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १०:५८