२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सूर्य थापाको प्रश्नः नेपाल खरानी पारेर खाने यो ककसको षडयन्त्र हो ?

२७ भदौ, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले नेपाल खरानी पारेर खाने यो ककसको षडयन्त्र हो ? भन्ने प्रश्न गर्दै जनताले आफै बनाएको संविधान मिचेर कोको कठपुतली सिंगारिन्छ भन्ने कुरा पर्दा खुल्दै जाने बताउनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने अन्तिम तयारी भैरहेको सममा शुक्रबार बिहानै सामाजिक सञ्जालबाट थापाले लेख्नुभएको छ, ‘नेपाल खरानी पारेर खाने यो ककसको षडयन्त्र हो ? जनताले आफै बनाएको संविधान मिचेर कोको कठपुतली(पपेट)लाई सिंगारिन्छ ? हेर्रौं-अब पर्दा खुल्दै जानेछ !’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार ०७:१०