२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

संविधान र नेपाल बाँकी छ, त्यो जल्नु भएनः रामहरि खतिवडा

२६ भदाै, काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको दायराभित्र रहेरै सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्। उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताएका छन् ।

‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै खतिवडाले घटनाको छानबिन गरी दोषीलाई कारबाहीबाट उम्किन दिन नहुने बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १७:५०