सबैको खोजीपछि विज्ञप्ति मार्फत सार्वजिनक भए राष्ट्रपति रामचन्द्र पाैडेल
२६ भदाै, काठमाडाैँ । सबैले खोजी गरेपछि राष्ट्रपति रामचन्द्र पाैडेल विज्ञप्ति मार्फत सार्वजनिक हुनुभएको छ । उहाँले संवैधानिक रूपमा मुलुकलाई निकास दिन छलफल भैरहेको जानकारी दिँदै शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न अपिल गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपालले सुरक्षा प्रमुखहरूको बैठकमा भएको छलफलको विषय भन्दै प्रधानसेनापतिले राजीनामा लागि दबाब दिएको विषय सार्वजनिक गर्नुभएको थियो । नेपालले एक्समा यस्तो लेख्नुभएको थियो, ‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियोः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
नेपालको यो टिप्पणी पछि प्रतिनिधिसभा सदस्य, दलका नेताहरूसहित हजाराैँ नागरिकले राष्ट्रपति सार्वजनिक गर भनेर माग गरेका थिए ।

प्रकाशित मिति : September 11, 2025 at 3:31 pm









