२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनुपर्छः गोकर्ण विष्ट

२६ भदाै, काठमाडाैँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले जेन-जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौम सत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनु पर्ने बताउनुभएको छ । फेसबुक मार्फत टिप्पणी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

dainiki.com
dainiki.com

उहाँले भन्नुभएको छ, ‘जेन-जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौम सत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनु पर्छ । जेन-जी अन्दोलनमा सहभागी साथीहरुको भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना एवं आवाज बिहिनहरुको आवाजको सम्बोधन पनि संविधान र लोकतन्त्रबाटै सम्भव छ भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ । हामीले विगतका कमिकमजोरीहरुको गम्भिर समीक्षा त गर्ने नै छौं । तर यतिबेलाको संकटको समाधानका लागि लोकतन्त्र र संवैधानिक सर्वोच्चतामा विश्वास राख्ने जेन-जी पुस्ताका मित्रहरु , राजनैतिक दल, नागरिक समाज र सम्पूर्ण दाजुभाई दिदिबहिनी एकताबद्ध भई सजगताका साथ भुमिका निर्वाह गरौं । संकटबाट मुलुकलाई जोगाऔं ।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १४:३६