सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२६ भदौ, काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५०५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ११:१५












