६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अराजक तथा उच्छृंखल गतिविधिमा संलग्न २७ जना नियन्त्रणमा, लुटिएको ३३ लाख बरामद

२५ भदौ, काठमाडौं । नेपाली सेनाले अराजक तथा उच्छृंखल गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले लुटपाट, आगजनी, विध्वंस लगायतमा संलग्न रहेको आरोप बिहान १० बजेसम्म २७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

उनीहरूबाट प्रहरीले ३१ वटा बन्दुक बरामद गरेको छ। साथै, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको सेनाले जनाएको छ। त्यसैगरी काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको छ।

प्रकाशित मिति : September 10, 2025 at 11:08 am