१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

संयमता र राष्ट्रिय एकता कायम राख्न सेनाको अपिल

२४ भदौ, काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन सबैमा अपिल गरेको छ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सेनाले परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको हो। ‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ अपिलमा भनिएको छ।

प्रकाशित मिति : September 9, 2025 at 6:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/