युवाको हत्या गरेको दृष्यले गगन थापा रातभरि सुत्न सकेनन्, ओली सरकारबाट कांग्रेस फिर्ता हुने
२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सत्तासँग थप सहकार्य गर्न नसकिने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी लेख्दै महामन्त्री थापाले मंगलबार बिहान यस्तो लेख्नुभएको हो । उहाँले नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टी बैठकबाट यस विषयमा निर्णय गराउने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’
प्रकाशित मिति : 10:01







