६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड, भाग्यमानी ८ जनाले पाए ११ कित्ता

२३ भदौ, काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले भदौ ११ गतेदेखि १६ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि गत  निष्काशन गरेको थियो।

सो सेयरमा कुल ६४ हजार ८१२ जनाले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६४ हजार ७९ कित्ता आवेदन स्वीकृत भएको छ भने १३ आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा ३० हजार ९९३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता सेयर भाग्यमानी ८ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति : September 8, 2025 at 11:49 am