६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

त्रिभुवन विश्वविद्यालयले माग्यो उप-प्राध्यापक

२३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा उप(प्राध्यापक पदको लागि दरखास्त आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले आज सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत् उपप्रध्यापकको पदपूर्ति गर्न लागिएको जनाएको छ।

त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर छ । त्यसपछि कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ ।

खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपालीले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्।

प्रकाशित मिति : September 8, 2025 at 10:09 am