६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सिटि होटलको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

२३ भदौ, काठमाडौं । सिटि होटल लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु.१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यपिटलका साथै प्रभु बैंकको इलाम,जाउलाखेल,वीरगञ्ज,पोखरा,बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 8, 2025 at 9:12 am