८ असार २०८३, सोमबार | Tue Jun 23 2026

एमाले निर्वाचन आयोगको अध्यक्षमा डा विजय सुब्बा पुनः निर्वाचित

२२ भदौ, काठमाडौँ । नेकपा एमालेले दोस्रो विधान महाधिवेशन मार्फत निर्वाचन आयोगको अध्यक्षमा पुनः डा विजय सुब्बालाई नै निर्वाचित गरेको छ । आइतबार ललितपुरको गोदाबरीमा सम्पन्न भएको विधान महाधिवेशनले निर्वाचन आयोगको अध्यमा पुनः डा सुब्बालाइ निर्वािचित गरेको हो ।

विधान महाधिवेशनले विजय सुब्बाको अध्यक्षतामा २५ सदस्यीय कमिटी नै सर्वसम्मत निर्वाचित गरेको छ । आयोगको उपाध्यक्षमा सानुराज पोखरेल, सचिवमा कुन्साङ लामा र सदस्यहरूमा समीर नेपाल, टंकप्रसाद उप्रेती, चन्द्रलाल क्याप्छाकी मगर, कृष्णकुमारी गुरुङ, काशीचन्द्र बराल, हरिप्रसाद भण्डारी, सूर्यबहादुर शाही, भूराज राईलाई चयन गरेको छ।

dainiki.com

त्यसैगरी भरत पोखरेल, हीराचन्द्र केसी, लोकबहादुर थापा, केशव आचार्य, दमन तामाङ, झविलाल पोखरेल, नर्मदा भण्डारी, विमला विक, अर्चना गहतराज, शर्मिला गुरुङ, नारायणी शर्मा, रचनाराज उपाध्याय, हेमकला गैरे, बिनादेवी शाह सदस्य निर्वाचित भएका छन्।

प्रकाशित मिति : September 7, 2025 at 11:44 pm