१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

एशियन लाइफको साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्रीमा

२२ भदौ, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।

कुल सेयर संख्यामा संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारणतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता रहेको छ ।  बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले भदौ २९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालय, र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, विरगञ्ज,जनकपुर, हेटौडा, नारयाण्गढ, पोखरा,बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज,धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १०:११