८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

हुन्डाईको नयाँ आधुनिक शोरूम वीरगञ्जमा, ग्राहक सेवामा थप सहजता

२२ भदाै, काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरकले भाद्र २०, २०८२ मा वीरगंज–११, श्रीपुर, मुर्लीस्थित नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ।

यो नयाँ शोरूमले वीरगंजसहित सिमरा, कलैया, चन्द्रनिगाहपुर र आसपासका क्षेत्रका ग्राहकहरूलाई हुन्डाईका प्रिमियम गाडी तथा सेवाहरू थप सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। अत्याधुनिक पूर्वाधारसहित निर्माण गरिएको यस शोरूममार्फत स्थानीय ग्राहकहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त गर्नेछन्।

उद्घाटनसँगै नेपालभर ग्राहक सेवामा सहजता र पहुँच विस्तार गर्ने हुन्डाईको प्रतिबद्धता अझ प्रष्ट भएको छ। लामो समयदेखि नेपालमा विश्वासिलो अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुन्डाईले सुरक्षित, उच्च प्रदर्शनसहितका गुणस्तरीय गाडीहरू निरन्तर उपलब्ध गराउँदै आएको छ।

रामग्राम, नवलपरासीस्थित नेपालको पहिलो चार–पाङ्ग्रे गाडी असेंब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले अटोमोबाइल क्षेत्रमा हुन्डाईको उपस्थितिलाई अझ मजबुत बनाएको छ।

वीरगंज शोरूमको उद्घाटन हुन्डाईको देशव्यापी योजनाअन्तर्गतको महत्त्वपूर्ण कदम मानिएको छ, जसलाई बढ्दो बिक्री सञ्जाल, सर्भिस सेन्टर र ग्राहक सेवा केन्द्रहरूले थप बल पुर्‍याउनेछन्। यससँगै, हुन्डाईले नेपालभरका ग्राहकहरूलाई दिगो, उन्नत र प्रिमियम गुणस्तरका गाडीहरू उपलब्ध गराउने आफ्नो वाचा पुनः दोहोर्याएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार ०९:१२