२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

आईपीओ निष्कासन गर्दै साप्सु कालिका हाईड्रोपावर

२० भदौ, काठमाडौं । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १२ गते काठमाडौंको महाराजगञ्जमा रहेको कम्पनीको कार्यालयमा साधारण सभा बोलाएको हो । सभा बिहान १० बजेदेखि सुरू हुनेछ ।

 सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने सम्बन्धमा नियामक निकायबाट कुनै फेरबदल, संशाेंधन, वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाईअख्तियारी प्रदान गर्ने, आईपीओ निष्कासनको सम्बन्धमा गत वर्ष भएको निर्णयमा आवश्यक परिमार्जन गरी स्वीकृतीका लागि बोर्डमा पुन पेश गर्ने, कम्पनीको अधिकृत र जारीपूँजी वृद्ध गर्ने, गत आवको वार्षिक प्रतिवेदन लगायत नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनेछ ।

प्रकाशित मिति : September 5, 2025 at 9:51 am