१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्दै नेपाल इन्स्योरेन्स

२० भदौ, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

इन्स्योरेन्सले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

सो सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रिय कार्यालय, लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ०९:३५