६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

नेपाल रिमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

१९ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ६.५५ अंकले घटेर २७१९.७७ को बिन्दुमा बन्द भएको छ ।

आज ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै, यस दिन बिन्द्यावासीनी हाइड्रोपावरको १९ करोड रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १७ करोड ६९ लाख रुपैयाँकाे कारोबार भएको छ ।

प्रकाशित मिति : 15:21