२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

आइपीओ निष्काशन गर्दै स्वस्तिक एग्रो इण्डष्ट्रिज, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ चयन

१८ भदाै, काठमाडाैं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएकाे छ। कम्पनीले आइपीओ निष्काशन गर्ने सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

यस सम्बन्धमा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध संचालक सत्य नारायण झा र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत धितोपत्र दर्ता र निष्काशनसम्बन्धी नियमावली तथा निर्देशिकाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिएर निकट भविष्यमा प्राथमिक निष्काशन गर्ने योजना बनाएको छ।

स्वस्तिक एग्रो इण्डष्ट्रिजले दही, घ्यू, चकलेट, पनिर लगायतका दुग्ध तथा दुग्धजन्य उत्पादन प्याकेजिङ्ग गर्ने उद्देश्यले स्थापना भएको हो।

प्रकाशित मिति : September 3, 2025 at 2:08 pm