६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

बरुण हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड

१८ भदौ, काठमाडौं। बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको हकप्रद भदौ १७ गते बाँडफाँड गरेको हो ।

कम्पनीले गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने २८ हजार ७५५ जना सेयरधनीलाई ५१ लाख १९ हजार ७०७ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

यसरी कम्पनीको २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद भने बिक्री हुन सकेन । कम्पनीले उक्त अवितरित हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।

प्रकाशित मिति : September 3, 2025 at 9:51 am