१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

आरविवि फोकस ४० को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

१८ भदाै, काठमाडाैं। आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई बिक्री आजदेखि खुला गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो ।

कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको हो । सार्वजनिक निष्कासन गर्न लागिएको मध्ये १ प्रतिशत योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । निष्काशन अवधि छिटोमा भदौ २२ गतेसम्म रहनेछ भने सो अवधिभित्र सम्पूर्ण इकाई बिक्री नभएमा असोज १ गतेसम्म लम्बिन सक्नेछ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार ०९:२२