१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

५२ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्दै एसवाई प्यानल

१७ भदौ, काठमाडौं। एसवाई प्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि भदौ १७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीलाई १०० अंकित दरका ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १७:४१