२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

एमालेले बोलायो सचिवालय बैठक

१७ भदौ, काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। भदौ १९ गते अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ । एमालेको दोस्रो विधान अधिवेशन भदौ २० देखि २२ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १५:४३