मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१७ भदौ, काठमाडौं । साताको तेस्रो काारेबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १७.७६ अंकले घटेर २७४४.०९ को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ ललाख ५१ हजार रुपैयाँको कारोबार भएको हो ।
आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २२ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १४ करोड ६९ लाख रुपैयाँ, दोर्दी खोदा जल विद्युतको १४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १५:१३














