हिमालयन ८०-२० योजनाको लाभांश घोषणा
१७ भदाै, काठमाडाैं । हिमालयन बैंक लिमिटेड कोष प्रबद्र्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्डअन्तर्गतको पहिलो बन्दमुखी सामूहिक लगानीकोष योजना “हिमालयन ८०–२०”ले आर्थिक वर्ष २०८१/०८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
योजना प्रवद्र्धक हिमालयन बैंक लिमिटेड र व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड रहेको यस कोषको लाभांशबारे निर्णय २०८२ भाद्र १३ गते बसेको संचालक समितिको ७४औं बैठकले गरेको हो।
बैठकले योजनाका इकाईधनीहरूलाई करसहित १६ करोड १६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १४:०१














