नेप्सेमा किन भएन हिमस्टार उर्जाको पहिलो कारोबार ?
१५ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार हुन सकेन। गत भदौ १२ गते बिहीबार नेप्सेमा कम्पनीको आईपीओ सूचीकृत भएको थियो।
उक्त दिन कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो। तर, म्याचिङ्ग नभएका कारण कम्पनीको कारोबार हुन सकेन। अब कम्पनीको सेयर भोली अर्थात सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।
प्रकाशित मिति : August 31, 2025 at 11:30 am









