१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति चिनफिङबीच दुई पक्षीय भेटवार्ता

१४ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षीय हितका विषयमा विविध कुरा भएका छन ।

राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुग्नुभएको हो ।

dainiki.com

भेटमा शिक्षा मन्त्री रघुजी पन्त, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले नेता छविलाल विश्वकर्मा, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली लगायत सहभागी हुनुभएको थियो । चीन भ्रमणका क्रममा ओलीले विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका समाचार संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 30, 2025 at 4:24 pm