साउनमा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ४ अर्ब ३१ करोड बीमाशुल्क
१३ भदौ, काठमाडौं। चालु आवको पहिलो महिना (साउन महिना) मा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.३५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवको साउन महिनामा यी कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेका थिए ।
यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले एक महिनाको अवधिमा ४५ करोड ५४ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको हो ।
दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउन महिनामा ४१ करोड ७९ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख , ओरियन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख, नेशनल इन्स्योरेन्स २६करोड ६ लाख, नेको इन्स्योरेन्सले ३२ करोृड १ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख, हिमालयन एभेरेष्टले ३६ करोड ५२ लाख, सानिमा जिआईसीले २२ करोड ३६ लाख, आईजीआई प्रडेन्सियलले ३३ करोड ८१ लाख र युनाइटेड इन्स्योरेन्सले २७ करोड ६७ लाख बीमाशुल्क आर्जन गरेका छन् ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १३:२९












