१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबीच शिष्टाचार भेट

१२ भदौ , काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबीच विहिबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।

उक्त भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्याण्डबीच कायम रहँदै आएको सौहार्दपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्दै नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहायता (क्म्ऋ) ले पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । मन्त्री न्यौपानेले कोशी र बागमती प्रदेशका नगरपालिकाहरूको आन्तरिक राजस्व अभिवृद्धि गर्न स्विस सरकार र अर्थ मन्त्रालयको सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै, यस कार्यक्रम नेपालका स्थानीय तहलाई सबल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री न्यौपानेले भन्नुभयो ‘यस सम्बन्धमा चाँडै द्विपक्षीय सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयनमा जाने मन्त्री न्यौपानेले आशा गर्दछु ।’ प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (एीन्क्ए) दोस्रो चरणमा प्रविष्ट भएको सन्दर्भमा मन्त्री न्यौपानेले यसलाई खुशीको विषयका रूपमा व्याख्या गर्दै पहिलो चरणको अनुभव र सिकाईका आधारमा दोस्रो चरण अझ प्रभावकारी हुने बताउनुभयो ।

उक्त अवसरमा मन्त्री न्यौपानेले स्वीस सरकार, युरोपेली संघ लगायतका विकास साझेदारहरूको निरन्तर सहयोग र प्रतिबद्धताप्रति धन्यवादसमेत ज्ञापन गर्नुभयो । मन्त्री न्यौपानेले नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धलाई थप प्रगाढ बनाउन आफू सधैं तत्पर रहने उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित कुनै पनि विषयमा भेटघाट, सहजीकरण र समन्वयका लागि खुला रहने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा कार्यवाहक राजदूत माइयरले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्त्रालयसँग भएको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्नुभयो । उहाँले एीन्क्ए दोस्रो चरण संशोधनसहित कार्यान्वयनमा ल्याउन गत एक वर्षदेखि गरिएको अथक प्रयासको स्मरण गर्दै, स्थानीय शासन सबलीकरण तथा संघीयता सुदृढीकरणका लागि यो कार्यक्रम मुख्य आधार भएको बताउनुभयो । साथै, कार्यक्रममा हुने अनुगमन गतिविधिमा मन्त्री न्यौपानेलाई सहभागी हुन अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : August 28, 2025 at 4:08 pm