सिईडिबी होल्डिङ्सको सञ्चालकमा रौनियार नियुक्त
१२ भदौ, काठमाडौं । सिईडिबी होल्डिङ्स लिमिटेडको सञ्चालकमा संगिता रौनियार नियुक्त हुनुभएको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रौनियारलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई सोही मितिदेखि लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको हो । साथै, बैठकले यस अघिका सञ्चालक रमेश प्रसाद नेपालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १४:००









