स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउन भाग्यकै भर !
११ भदौ, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि भदौ १२ गते बिहिबार बिहान १० बजे बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड हुँदा १९ हजार ५१९ जनाले १०/१० कित्ता दरले आईपीओ हात पार्नेछन् । सोहि मध्यका ५ हजारले थप १र१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । भने २५ लाख ९ हजार भन्दा बढीको हात खाली हुनेछ ।
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १६:३३














