राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने
९ भदौ, काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था अुसार सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोक्नुभएको हो ।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि सभापति पद रिक्त थियो। प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र रिक्त रहेको सभापति चयन गरिसक्नुपर्ने प्रावधान गरेको छ।

प्रकाशित मिति : August 25, 2025 at 1:04 pm









