प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
९ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.३५ अंकले बढेर २७४०.३० विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ३३ स्टकको ८० पटकको कारोबारमा ३६ लाख १४ हजार ६४२ रुपैयाँ बराबरको ३ हजार ६७९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 25, 2025 at 11:00 am









