एशियन लाइफको हकप्रद सेयर बाँडफाँड, साढे ३ लाख कित्ता सेयर लिलामीमा आउने
९ भदौ, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले निष्कासन गरेको ४२ प्रतिशत हकप्रद सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले गत जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सयेरधनीका लागि असार २५ गतेदेखि साउन २० गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना आवेदकलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर भने अवितरित रहेको छ । यो सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ ।
साथै आफ्नो हकभन्दा बढी सेयर माग गरेर आवेदन दिएका सेयरधनीको हकमा बाँडफाँडमा नपरेको सेयर बापतको रकम भदौ ११ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने पनि कम्पनीले जानकारी दिएको छ।
प्रकाशित मिति : August 25, 2025 at 10:10 am









